Wednesday, May 22, 2024

रौतहटमा डोम समुदायबाट यस बर्ष एकजना एसईई उतिर्ण

पछिल्लाे समाचार

रौतहट २६ साउन // डोम समुदायका एक युवाले यस बर्षको एसईइ परीक्षा उतिर्ण गरेका छन ।
मौलापुर नपा ५ पतौरा टोल का निरज मलि डोम ले २०७७ को एसईई परिक्षा मा ३.२५ जिपिए ल्याएका छन । निरजले बारा जिल्लाको श्री नेपाल राष्ट्रिय मावि सिमौनगढ मा रहेको बिधालय बाट उतिर्ण गरेका हुन ।
निरजका बाबू बिरेन्द्र मलि डोमले छोरा लाई उच्च शिक्षा पढाउने चाहाना रहेको तर आर्थिक अभाव रहेको बताए ।
जिल्लामा हाल सम्म ५ जनाले एसएलसी तथा एसईई उतिर्ण गरेक‍ो डोम समुदाय बिकाश केन्द्र रौतहटले जनाएको छ ।
ती मध्य एक जना प्लस टु उतिर्ण छन भने २ जना अध्ययन गरीरहेको डोम समुदायका अगुवा बिजय मलि डोमले जनाएका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु