Wednesday, October 9, 2024

रौतहटमा सर्पदंशका बिरामी बढे,सर्पले टोकेर दुई बालिका को मृत्यू

पछिल्लाे समाचार

रौतहट १ भदौ //गौर अस्पतालमा सर्पले टोकेका बिरामीहरुको सख्या पछिल्लो समय बढेकाे छ ।
एक महिनामा ३ सय भन्दा बढी बिरामि उपचारका लागि आएका छन।
सर्पले टोकेका १० देखि १५ जना बिरामी दैनिक आउने गरेको गौर अस्पतालका आकस्मिक सेवाका प्रमुख राजेश सिहले बताए । पछिल्लो केही दिनमा इशनाथ नपा ९ कि ५ बर्षिया शन्ध्या कुमारी र गरुडा नपा १ कि कौशिला कुमारीको सर्पले टोकेर ज्यान गएको छ ।
बिषालु सर्पले टोकेका तथा बीस नलाग्ने सर्पले टोकेकाहरु लाई २४ घण्टा निगरानीमा राखेर उपचार गर्ने गरेको अस्पताले जनाएको छ ।
गौर अस्पतालमा भारतको सिमावर्ति गाउँ बाट महिनामा १५ देखि २० जना सम्म सर्पले टोकेका बिरामी समेत आउने गरेका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु