Wednesday, October 9, 2024

रौतहट संगै देशभर आज गाईजात्रा मनाइंदै

पछिल्लाे समाचार

रौतहट,७ भदौ //
रौतहट संगै देशभर आज गाईजात्रा मनाइंदै छ।

भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रम गरेर बिशेष गरि नेवार समुदायले मनाउने गर्दछ ।

एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारेर आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र पैसा दान गर्ने प्रचलन रहेको छ ।

नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाएर वैतरणी पार हुन्छ भन्ने धार्मिक विश्वास रहँदै आएको छ ।

राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन “जनतालाई आ–आफ्नो घरका मरेका व्यक्तिका नाममा गाईजात्रा निकालेर सहर परिक्रमा गराउनु” भनेर आज्ञा दिएका आधारमा यो पर्व सुरु भएको इतिहासमा उल्लेख रहेको छ।

प्रताप मल्लको पालादेखि चलनमा आएको गाईजात्रा हनुमानढोकाको राजप्रासाद भएर जानुपर्ने प्रथा अहिलेसम्म पनि चलिरहेको छ ।

देशका विभिन्न सहरमा गाईजात्रा मनाइने भएपनि काठमाण्डौ उपत्यकामा यसको विशेष रौनक देखिने गरेको छ। गाईजात्रा काठमाण्डौ उपत्यकालगायत नेवार समुदायका मानिसको विशेष उपस्थिति रहेको सहरमा धुमधामका साथ मनाइन्छ ।

सरकारले गाईजात्राका अवसरमा काठमाण्डौ उपत्यकासहित देशभरका नेवार समुदायलाई सार्वजनिक बिदा दिने गरेको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु