Friday, June 21, 2024

लागूऔषधसहित सिरहाबाट एकजना पक्राउ

पछिल्लाे समाचार

रौतहट,१८ श्रावन // सिरहाबाट लागूऔषधसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा जिल्लाको नवरावपुर गाउँपालिका वडा नम्बर ५ बस्ने २६ वर्षीय प्रभुनारायण सिंह रहेका छन्। को.२६प १८९ नम्बरको मोटरसाइकलमा सवार सिंहलाई चेक जाँच गर्ने क्रममा लहान नगरपालिका १ बाट लागूऔषधसहित नियन्त्रणमा लिएको जील्ला प्रहरी कार्यालयका प्रवक्ता तथा डीएसपी सुवास बुढाथोकीले जानकारी दिएका छन्। उनको साथबाट ४ हजार ७ सय ४० थान नाइट्राभेट ट्याब्लेट, १९४ एम्पुल फेनारगन, १९४ एम्पुल डाइजेपाम, ७ बोतल डाइलेक्स डिसी र १९४ एम्पुल लागूऔषध बरामद भएको बुढाथोकीले बताएका छन्। पक्राउ परेका सिंहमाथि यसबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु