Monday, June 24, 2024

लागूऔषध गाँजासहित बाराबाट दुईजना पक्राउ

पछिल्लाे समाचार


बारा,१० भदौ //
लागूऔषध गाँजासहित बाराबाट दुईजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

निजगढ नगरपालिका–१३ बस्ने ३३ वर्षीय दिपक पाख्रिन र २५ वर्षीय बाबुराम वाइबालाई १५ किलो अवैध लागुऔषध गाँजासहित पक्राउ गरेको बारा प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरी टोलीले जितपुर–सिमरा उपमहानगरपालिका–५ स्थित वीरगञ्ज पथलैया सडकखण्डमा ना. ४६ प.५९३१ नम्वरको मोटरसाइकल रोकी चेकजाँच गर्दा मोटरसाइकल सवार पाख्रिन र वाइबाको साथबाट १५ किलो गाँजा बरामद गरेको बाराका प्रहरी प्रमुख गौतम मिश्रले जानकारी दिएका छन् ।

पक्राउ परेका दुबै जनालाई लागूऔषध मुद्दामा अदालतबाट म्याद थप गरि हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु