Wednesday, May 22, 2024

लोकतान्त्रिक समाजवादी पार्टी को १४ सासद द्वारा सनाखत

पछिल्लाे समाचार

काठमाण्डौ ९ भदौ / महन्थ ठाकुरको नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल दर्ताका लागि निर्वाचन आयोगले  सनाखत गराएको छ ।

नेता  ठाकुर पक्षले भदौ २ गते लोसपा दर्ताका लागि आयोगमा निवेदन दिएको थियो ।

निर्वाचन आयोगले बुधबार सनाखतका लागि बोलाएको हो । १४ जना सांसदले सनाखत गरेसँगै लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल दर्ताका लागी सनाखत हुने भएको छ ।

महन्थ ठाकुर, राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिलकुमार झा, लक्ष्मणलाल कर्ण, चन्दा चौधरी, निर्जला राउत, विमलप्रसाद श्रीवास्तव, उमाशंकर, एकवाल मियाँ, चन्द्रकान्त चौधरी, दुलारीदेवी खँग खत्वे, कल्लुदेवी विश्वकर्मा, शेखरकुमार सिंह सासदहरुले सनाखत गरेका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु