वीरगञ्ज ,१० भदौ //
वीरगञ्जमा निर्माणाधीन अवस्थामा रहेको सर्वोत्तम स्टील उद्योगमा भट्टी पड्केर विस्फोट हुँदा ११ जना कर्मचारी घाइते भएका छन् ।कम्पनीकाे फलाम पगाल्ने भट्टी पड्किँदा तरल पदार्थ उछिट्टिएर लाग्दा श्रमिकहरु घाइते भएको बताइएको छ ।घाइतेमध्ये सात जनाको अवस्था गम्भीर रहेको र ५ जनाको अवस्था सामान्य रहेको पर्सा प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालका अनुसार बिहीबार दिउँसो वीरगन्ज महानगरपालिका–२२ जगरनाथपुर उद्योगमा रहेको फोहोर तथा कचरामा रहेको फलाम गलाउने भट्टी पड्किएर आगलगी भएको हो ।
घाइते हुनेहरुमा भारत बिहार घर भएका ५२ वर्षीय विनोद पाण्डे, युपी लखनउका ५२ वर्षीय सन्तोष कुशवाहा, २० वर्षीय सुशील कुमार, ३७ वर्षीय मानसिया, ३० वर्षीय रा पुकार यादव, बारा छातापिपरा बस्ने २२ वर्षीय टिंकु दास रहेका छन् ।उनीहरुको अवस्था घम्भिर रहेको प्रहरीले जनाएको छ। यस्तै भारत खुशीनगरका ३५ वर्षीय धिरु सहनी, ठेगाना नखुलेका २६ वर्षीय चिंकु दास, भारत युपी लखनउका १८ वर्षीय अमरनाथ सहनी, भारत बिहारका २१ वर्षीय दिपक कुमार र भारत दरभंगा बस्ने १८ वर्षीय रविंकु दासको अवस्था भने सामान्य रहेको बताइएको छ ।