Wednesday, May 22, 2024

वीरगन्ज कारागारमा भाइरल ज्वरोको बिरामी बढ्दो

पछिल्लाे समाचार

वीरगन्ज ,२५ साउन/
वीरगन्ज कारागारमा भाइरल ज्वरोको बिरामी बढेको छ । एक साताएता भाइरल ज्वरोको प्रकोप देखिएको कारागारका स्वास्थ्य प्रमुख दीपक यादवले बताएका छन्। कैदीबन्दीमा ज्वरो तीव्र रुपमा बिस्तार भइरहको उनले बताए । आइतबारसम्म मा २ सय ६० कैदीबन्दीमा ज्वरो देखिइसकेको यादवले बताए । ज्वरोको प्रकोप तीव्र रुपमा फैलिरहेको छ। अधिकांश बिरामी कैदीबन्दीमा कारागार बाहिर फैलिएको इन्फ्लुएन्जा ‘ए’ को जस्तै रुघाखोकी र ज्वरो जस्ता लक्षण देखिएको यादवले बताए । बिरामी कैदीबन्दीको उपचार गर्दागर्दै आफू पनि शनिबारदेखि भाइरल ज्वरोको सिकार भएको उनले बताएका छन् । आफु मात्र नभई कारागारका अस्पताल नाइके लगायत उनको समूहका १० जनामा पनि भाइरल ज्वरो देखिएको र ज्वरोका बिरामी थपिने क्रम दैनिक बढ्दो रहेको उनले जानकारी दिए । कारागारका निमित्त जेलर नवराज बर्तौलाले बिरामीको उपचार गर्न हाल औषधिको अभाव नरहेको बताए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु