Wednesday, May 22, 2024

वृन्दावन नगरपालिकामा स्वास्थ्य चौकीको उदघाटन

पछिल्लाे समाचार


रौतहट,३० साउन //
वृन्दावन नगरपालिका वडा नम्वर २ मा स्वास्थ्य चौकीको उदघाटन गरिएको छ।

नगर प्रमुख रामस्नेही यादवको प्रमुख अथित्यतामा शुक्रवार एक कार्यक्रमका बीच नगर प्रमुख रामस्नेही यादव, र नगर उप प्रमुख नुरजहाँ खातुनले संयुक्त रूपमा पानस बत्ती बालेर सो स्वास्थ्य चौकीको उदघाटन गरेका हुन्।

वडा अध्यक्ष सिकिन्द्र पटेलको विशेष पहल तथा नगर प्रमुख यादवको सक्रियता मा सो स्वास्थ्य चौकीको स्थापना भएको बताइएको छ।

नगरपालिका भित्रका स्वास्थ्य चौकीको स्थापना सातौं स्वास्थ्य चौकीको स्थापना रहेको मेयर यादवले बताए। उनका अनुसार यस भन्दा अगाडि सोहि नगरपालिका भित्र ६ ओटा स्वास्थ्य चौकी स्थापना भइसकेको छ।

र बाकि दुईवटा वडाहरुमा पनि धेरै छिटो स्वास्थ्य चौकी संचालन गराउने प्रतिबद्धता जनाए।

नगरप्रमुख रामसनेही यादव,नगर उपप्रमुख नुरजहाँ खातुन, प्रमुख प्रशासकिय अधिकृत नागेन्द्र यादव,वडा अध्यक्ष सिकिन्द्र पटेल,हरेक वडाका वडा अध्यक्षहरु,कार्यपालिका सदस्यहरु,स्वास्थ्य शाखाका कर्मचारीहरु, विभिन्नपार्टीका प्रतिनिधिहरु,समाजसेवी,बुद्धिजिवी तथा स्थानिय बासी हरुको सहभागितामा कार्यक्रम सम्पन्न भएको हो।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु