Friday, June 21, 2024

श्रीमतीको मृत्युपछि १३ दिने कर्ममा सांसद तिमल्सीना आफै बसे

पछिल्लाे समाचार

रौतहट २२ साउन //
श्रीमतीको निधन पछि १३ दिने काजकिरीयामा रौतहट ४ बाट निर्वाचित सांसद देब प्रसाद तिमल्सीना आफै बसेका छन ।
४९ बर्षको अल्पायुमै निधन भएकी श्रीमती रेणु तिमल्सीनाको हिन्दुसंस्कार अनुसार १३ औ दिनको किरियामा सांसद तिमल्सीना बसेका हुन ।
चन्द्रपुर ९ स्थित चेतनगरको पुर्खौली घरमा उनी बसेका छन ।
तीन वटी मात्रै छोरी रहेको र ब्रामणहरुको सल्लाहमा श्रीमतीको काजकिरियामा बस्न मिल्ने भएपछि श्रीमान आफै बसेको पारीवारीक श्रोतले जनाएको छ ।
जनज्योती उमावि मा शिक्षिका समेत रहेकी रेणु तिमल्सीना को बिहिवार बिहान उपचारको क्रममा काठमाण्डौमा निधन भएको थियो । उनी लामो समय देखी मृगौला रोग बाट पिडित थिइन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु