Friday, June 21, 2024

श्रीमतीलाई आगो लगाइ हत्या गरेको युवकलाई आजीवन कारावासको सजाय

पछिल्लाे समाचार

सिरहा,३० साउन //
श्रीमतीलाई आगो लगाइ हत्या गरेका आरोपमा पक्राउ परेका सिराहाका एक युवकलाई जिल्ला अदालतले आजीवन कारावासको फैसला सुनाइएको छ । औरही गाउँपालिकाका ५ का २६ वर्षीय विनोद यादवलाई शुक्रबार सो सजाय फैसला सुनाएको हो । उनले आफ्नी २१ वर्षीया श्रीमती अनितालाई आगो लगाई हत्या गरेको अदालतको ठहर छ। गत २०७६ माघ १० गते चारित्रिक आरोपमा विनोदले श्रीमतीलाई आगो लगाई हत्या गर्ने प्रयास गरेका थिए । आगो लगाएपछि आफैँले उपचारका लागि श्रीमतीलाई विराटनगरस्थित म्याक्स अस्पताल पुर्याएका थिए । थप उपचारका लागि लगिएको काठमाडौँको कीर्तिपुर मोडेल अस्पतालमा उपचारको क्रममा अनिताको मृत्यु भएको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु