Monday, June 24, 2024

श्रोत नखुलेको भारतिय नोट बरामद

पछिल्लाे समाचार

रौतहट ३ भदौ / श्रोत नखुलेको भारतीय रुपैया सहित २ जना मानिसलाई प्रहरीले रौतहटमा पक्राउ गरेको छ ।
बुधवार साझ पक्राउ परेका गौर ४ टिकुलिया का ३० बर्षिय सुखाडी सहनी र गरुडा नपा १ जयनगरका बिकास साह लाई प्रहरीले बिहिवार दिउँसो सार्वजनिक गरेको छ ।
ईशनाथ नगरपालिका वडा नं. १ बंजरहाटोल स्थित लाल बकैयाको बाधमा सिमा प्रहरी चौकी बंजरहाबाट खटीएको प्रहरी टोलीले चेकजाँचको क्रममा नेपाल भारत सिमाबाट नेपाल तर्फ आउदै गरेको बा ३९ प १६९१ को मोटरसाईकललाई चेकजाँच गर्दा श्रोत नखुलेको भारतीय रुपैयाँ एक लाख ८३ हजार ५ सय भारतिय रुपैया बरामद गरेको छ ।
बरामदी रुपैया, मानिस र मोटरसाईकल आवश्यक कारवाहीको लागी राजस्व अनुसन्धान कार्यालय पथलैया पठाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु