Wednesday, May 22, 2024

सप्तरीबाट चोरी भएको छिन्नमस्ता भगवतीको मुकुटसहित एक जना पक्राउ

पछिल्लाे समाचार

रौतहट,१८ श्रावन// सप्तरीबाट चोरी भएको छिन्नमस्ता भगवतीको मुकुटसहित एक जनालाइ प्रहरीले नियन्त्रणमा लिएको छ। विष्णुपुर गाउँपालिका-५ मझाउ गाउँबाट चोरी भएको मुकुटसहित स्थानीय राजेशकुमार मण्डललाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ। छिन्नमस्ता गाउँपालिकामा रहेको छिन्नमस्ता (शखरेश्वरी) भगवतीको चाँदीको मुकुट, नथिया र टीका आइतबार साँझ चोरी भएको थियो। मण्डलसहित ७५० ग्रामको चाँदीको मुकुट, सुनको टीका र नथिया बरामद गरी मण्डललाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय ल्याइएको प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमलाले बताएका छन्। ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु