Sunday, May 26, 2024

सप्तरीमा करेन्ट लागेर एक महिलाको मृत्यु

पछिल्लाे समाचार


सप्तरी,१४ भदौ //
सप्तरीमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ।
मृत्यु हुनेमा महादेवा गाउँपालिका वडा नम्बर १ पकरी बस्ने ५३ वर्षीया अमिरका देवी सदा रहेका छन्।
आज (आईतबार ) बिहान कल चलाउने क्रममा मोटरमा जोडिएको विद्युतको तारमा खुट्टा पर्दा उनलाई करेन्ट लागेको सप्तरी प्रहरीका प्रवक्ता डीएसपी माधवप्रसाद काफ्लेले बताएका छन् ।
घाइते अमिरकालाई उपचारको लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा ल्याइएको र उपचारकै क्रममा मृत्यु भएको काफ्लेले जानकारी दिएका छन् ।


मृतकको शव पोष्टमार्टमको लागी सोही अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु