Wednesday, May 22, 2024

सप्तरीमा दुर्घटना हुँदा एकजनाको मृत्यु , तीन जना घाइते

पछिल्लाे समाचार


सप्तरी ,८ भदौ//
सप्तरीमा रोकि राखेको तेल ट्याङकरमा ट्रक पछाडिबाट ठोक्किँदा एकजनाको मृत्यु भएको छ , भने अन्य तीन जना घाइते भएका छन्।

पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको सुरुङगा नगरपालिका ४ मा पूर्व तर्फ जानलाई रोकेर राखेको को १ ख ६९५६ नम्बरको तेलको ट्याङकरमा सोही दिशा तर्फ जाँदै गरेको ना ८ ख ३४२२ नम्बरको ट्रकपछाडीबाट ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ।


दुर्घटनामा ट्रक चालक सुनसरीको रामधुनी ईकराही नगरपालिका ४ बस्ने आशाराम चौधरीका छोरी ९ वर्षीय मेनुका चौधरीको मृत्यु भएको सप्तरीका प्रहरी प्रवक्ता डिएसपी माधव प्रसाद काफ्लेले बताएका छन्।

यस्तै घाइते हुनेहरुमा ट्रक चालक ४५ वर्षीय चौधरी, उनकी श्रीमती ४० वर्षीया चन्द्रकाला थारुनी र २३ वर्षीय छोरा आशिष चौधरी रहेका छन्।

उनीहरुको स्थानीय स्तरमा उपचार भइरहेको तथा ट्रक र ट्याङकर नियन्त्रण्मा लिएर घटनाको थप अनुसन्धान भईरहेको सप्तरी प्रहरीले जनाएको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु