Saturday, March 2, 2024

सरकारी गाडीमा लागूऔषध, कार्यालय सहयोगी पक्राउ

[sharethis-inline-buttons]

पछिल्लाे समाचार

सर्लाही ३२ साउन /// सोमवार साँझ सरकारी नम्वर प्लेटको मोटरसाइकलमा लागूऔषध बोकेर हिँडिरहेका एकजना लाई पक्राउ गरेको छ ।
सशस्त्र प्रहरीको सुरक्षा बेस क्याम्प मनुष्माराले धनकौल गाउँपालिका–३, का २६ वर्षीय जयकिशोर सिंहलाई ना १ ब २२१२ नम्वरको सरकारी मोटरसाइकलसहित लागू ओषध नियन्त्रणमा लिएको छ ।
सिंहको साथबाट लागूऔषध कोडिवेल कफ सिरफ सय एमएलको ३ सय ७१ बोतल बरामद् भएको सशस्त्र प्रहरी उपरीक्षक गंगाराम श्रेष्ठले बताएका छन ।
पक्राउ परेका सिंह धनकौल गाउँपालिकाका कार्यालय सहयोगी हुन् ।
चेकप्वाईन्टमा रोकेर चेकजाँच गर्न खोज्दा फरार भएका सिह लाई शसस्त्र प्रहरीले बरहथवा नपा–८, टाँडीबाट पक्राउ गरेक हो ।
थप अनुसन्धानका लागि सिहलाइ नेपाल प्रहरीको जिम्मा लगाइसकिएको सशस्त्र प्रहरी ले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु