Wednesday, May 22, 2024

सर्लाहीको एक अस्पतालमा म्याद गुज्रिएको औषधि बिक्रि

पछिल्लाे समाचार


सर्लाही,३२ साउन //
सर्लाहीको बागमती नगरपालिका–१२, स्थित वीरगोर्खाली चोकमा रहेको बागमती मोडेल अस्पतालले बिरामीलाई म्याद गुज्रिएको औषधि दिएको पाइएको छ।

गत साउन २१ गते मोटरसाईकल दुर्घटनामा परेर उपचारका लागि अस्पताल पुगेका हरिवन नगरपालिका–३, सासापुर निवासी मिलन लामालाई अस्पतालभित्रै संचालनमा रहेको फार्मेसीबाट म्याद गुज्रिएको औषधि दिएको बताएका छन्।

उनका अनुसार आफुलाई अस्पतालले दिएको क्याल्सियम र भीटामिन डी–थ्री औषधिको म्याद गत अंग्रेजी मार्च महिनामै सकिएको थियो।

यता, अस्पतालको भने फार्मेसीमा काम गर्ने कर्मचारीको गल्तीका कारण बिमारीलाई म्याद गुज्रिएको औषधी परेको स्वीकार गरेको छ । अस्पतालका डा.उपेन्द्र महतोले बिमारीको स्वास्थ्यमा खेलवाड गर्ने अस्पतालको मनसाय नभएको बताएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु