Wednesday, May 22, 2024

सर्लाहीको किशोरी हत्यामा संलग्न अभियुक्तहरु सार्वजनिक

पछिल्लाे समाचार

सर्लाही,८ भदौ //
सर्लाहीको रानिगन्जकी प्रियंकाको हत्या भएको पुष्टी गर्दै जिल्ला प्रहरी कार्यालय मलंगवामा सोमवार पत्रकार सम्मेलन गरी हत्यामा संलग्न अभियुक्तहरु सार्वजनिक गरेको छ ।

पत्रकार सम्मेलनमा सर्लाही प्रहरीका प्रमुख एसपी सन्तोष सिंह राठौरले मृतक प्रियंका र पक्राउ परेका अनिश दाहालबीच प्रेम सम्वन्ध रहेको खुलेको जानकारी दिएका छन् ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा साउन ३१ गते प्रियंका हराएकै राती अनिश र कृष्णसँग उनको भेट भएको देखिन्छ। त्यसपछि प्रियंकाले आफूलाई भगाउन भनेको र युवकहरु नमानेपछि प्रियंका चिच्याएको र त्यही बेला दुई युवक मिलेर घाँटी थिची उनको हत्या गरेको देखिएको एसपी राठौरले पत्रकार सम्मेलनमा बताए ।

प्रियंकामाथि बलात्कार भए नभएको बारेमा पोष्टमार्टम रिपोर्टसँगै भिसेरा परीक्षणको रिपोर्ट आएपछि मात्रै थाहा हुने एसपी राठौरले बताए।

बालिकाको हत्यामा अहिलेसम्म पक्राउ परेका दुई युवकको मात्रै संलग्नता देखिएको प्रहरीले जनाएको छ । सर्लाही जिल्ला अदालतले पक्राउ परेका दुवै युवकमाथि अनुसन्धानका लागि सोमवार दोस्रो पटक ३ दिनको म्याद थप गरेको ईलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक निर्मल थापाले बताएका छन् ।

यता, परिवारले मृतक बालिकाको शव अझै बुझिसकेका छैनन् । गत वुधवार नै पोष्टमार्टम भइसकेको मृतक बालिकाको शव जिल्ला अस्पताल मलंगवामा नै रहेको प्रहरीले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु