Saturday, January 25, 2025

सर्लाहीको वडाध्यक्ष यादव माथि बलात्कारको आरोप

पछिल्लाे समाचार


सर्लाही,१५ भदौ //
सर्लाहीको ब्रम्हपुरी गाउँपालिका–७ नोकैल्वाकी वडाध्यक्षले सोहि गाउँकी ३० वर्षीया एक महिलामाथि बलात्कार गर्ने प्रयास गरेको छ ।
वडाध्यक्ष श्यामकुमार यादवले गएको भदौ ५ गते राती करिब २ बजेको समयमा घरमा कोही पनि नरहेको मौका छोपेर घरमा पसी एक्लै सुतिरहेको अवस्थामा शरीरको संबेदनशिल अंगहरुमा हातपात गरि बलात्कारको प्रयास गरेको पीडितले आरोप लगाएकी छिन्।
आफु जोडले चिच्याउँदा छिमेकहरु आएपछि वडाध्यक्ष भागेको महिलाको आरोप छ ।
वडाध्यक्ष यादव छिमेक रहेकाले यसअघि पनि पटकपटक आफु माथि र्दुव्यवहार गरेको पीडित महिलाको गुनासो छ ।
वडाध्यक्ष यादव घटनाको दिनदेखि नै सम्पर्क विहीन रहेको गाउँलेहरुले बताएका छन् ।
आइतवार पीडित महिलाले वडाध्यक्ष यादव विरुद्ध जिल्ला प्रहरी कार्यालय मलंगवामा निवेदन दर्ता गराएकी छिन् ।
यता वडाध्यक्षका भाइ जस्विन्दर यादवले भने राजनीतिक निहुँ र गाउँमै भएको पुरानो झगडाको रिसिवीको बदला लिन गाउँकै केही व्यक्तिहरुले बलात्कारको नाउँमा फसाएर बदनाम गर्न खोजेको आरोप लगाएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु