Friday, July 19, 2024

सर्लाहीको स्वस्तिक प्रदेश २ को उत्कृष्ट सहकारी घोषित

पछिल्लाे समाचार

सर्लाही,२ भदौ//
सर्लाहीको ईश्वपुर नगरपालिका–६, बयलवासमा रहेको स्वस्तिक बचत तथा ऋण सहकारी संस्था प्रदेश २ कै उत्कृष्ट सहकारीमा घोषित भएको छ। नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफस्कुन) को सोमबार ३४ औँ स्थापना दिवसको अवसरमा यो वर्ष स्वस्तिक सहकारीलाई प्रदेश २ को उत्कृष्ट सहकारी संस्था घोषणा गरिएको हो । मंगलबार प्रेस विज्ञप्ती निकालेर संस्था प्रदेशभरीकै उत्कृष्ट भएकोमा संस्थाका अध्यक्ष बेनीबहादुर कार्कीले खुसी व्यक्त गरेका छन् । प्रेस विज्ञप्तिमा संस्थालाई उत्कृष्ट बनाउन सहयोग पुर्याउने शेयर सदस्यदेखि सम्पूर्ण सरोकारवालाप्रति धन्यवाद ज्ञापन गरिएको छ ।।सहकारीको आदर्श र सिद्धान्त अनुसार संचालन भइरहेको संस्था आगामी असोजमा २१ औँ वार्षिक साधारण सभा गर्ने तयारीमा रहेको संस्थाका अध्यक्ष कार्कीले जानकारी दिएका छन्।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु