Wednesday, May 22, 2024

सर्लाहीबाट अवैध पटाका बरामद्

पछिल्लाे समाचार


सर्लाही ,१० भदौ //
सर्लाहीको ब्रम्हपुरी गाउँपालिका–६, त्रिभुवन नगरबाट सशस्त्र प्रहरीले अवैध पटाका बरामद् गरेको छ ।

गएराती सशस्त्र प्रहरी नायब निरीक्षक कृष्ण अधिकारीको नेतृत्वमा खटिएको प्रहरी टोलीले भारतबाट लुकाइछिपाई ल्याई स्थानीय मास्टर ठाकुरको घरमा भन्डारण गरेर राखिएको अवस्थामा सो पटाका बरामद् गरिएको हो।

बरामद् भएको १२ पोका पटाका करिव ३ लाख मूल्य बराबर रहेको सशस्त्र प्रहरी नायब निरीक्षक अधिकारीले जानकारी दिएका छन्। सो पटका सरोकारवालाहरुको रोहबरमा नष्ट गरिने सशस्त्र प्रहरीले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु