Tuesday, April 22, 2025

सर्लाहीबाट अवैध सालको काठ लोड गरिएको ट्याक्टर सहित एक जना पक्राउ

पछिल्लाे समाचार

सर्लाही,२० श्रावन//
सर्लाहीबाट अवैध सालको काठ लोड गरिएको ट्याक्टर सहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।जिल्ला प्रहरी कार्यालय मलंगवाबाट प्रहरी निरिक्षक जटाशंकर यादवको कमाण्डमा खटिएको प्रहरी टोलीले जिल्लाका ब्रह्मपुरी गाउँपालिका वडा न–३ स्थित ना २ त ३८२ र ज २ त ३२३९ नम्बरको ट्याक्टरमा राखेर ल्याउँदै गरे ३८ थान सालको गोलिया( २८४ क्युफिट)र ट्याक्टर चालकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी माधव प्रसाद बुढाथोकीले जानकारी दिएका छन्। पक्राउ परेका चालक सहित सालको गोलिया र ट्याक्टर आवश्यक कार्यवाहीको लागि जिल्ला बन कार्यालय लालबन्दी पठाएको डिएसपी बुढाथोकीले बताएका छन्।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु