Monday, June 24, 2024

सर्लाहीबाट पेस्तोलसहित एक युवक पक्राउ

पछिल्लाे समाचार


सर्लाही//
सर्लाहीबाट पेस्तोलसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको सदरमुकाम मलगंवा नगरपालिका ११ ठूलो पल्सी बस्ने ३० वर्षीय समसुद्दिन अन्सारी रहेका छन्। सर्लाही प्रहरीका प्रवक्ता तथा डीएसपी माधवप्रसाद बुढाथोकीका अनुसार आज बिहान समसुद्दिन र उनका ४५ वर्षीय दाई फुलगनी अन्सारीबीच भएको सामान्य झगडा चर्केको खबर प्राप्त हुनसाथै घटनास्थलमा प्रहरी टोली पुगेको थियो। घटनास्थलमा पुगेको टोलीले समसुद्दिनलाई कम्मरमा भिरेको अवस्थामा १ राउण्ड गोली लोड भएको कटुवा पेस्तोलसहित पक्राउ गरेको बुढाथोकीले जानकारी दिए। घटनासमन्धमा थप अनुसन्धान भईरहेको सर्लाही प्रहरीले जनाएको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु