Wednesday, May 22, 2024

सर्लाहीमा करेन्ट लागेर एकजनाको मृत्यु

पछिल्लाे समाचार


सर्लाही,१३ भदौ //
सर्लाहीमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जिल्लाको चन्द्रनगर गाउँपालिका वडा नम्बर ६ बस्ने ५० वर्षीय नागेश्वर मण्डल रहेका छन्।

आइतबार विहान करिब १० बजे कल चलाउन जाँदा त्यसमा लागेको मोटरको तार सर्ट भइ करेन्ट प्रवाह हुँदा मण्डल गम्भीर घाइते भएका थिए ।

घाइते मण्डललाई उपचारको लागि जिल्ला अस्पतालमा ल्याएको र चिकित्सकले मृत घोषणा गरेको सर्लाहीको प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद बुढाथोकीले जानकारी दिएका छन् ।

मृतकको शव पोष्टमार्टमको लागि सोही अस्पतालमा राखिएको सर्लाही प्रहरीले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु