सर्लाही २७,साउन
सर्लाहीमा प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र, नेपालद्वारा १ हजार जनालाई मास्क वितरण गरिएको छ ।
सर्लाहीको हरिपुर नगरपालिकाको ग्रामीण भेगस्थित वडा नं. ५ मा रहेको मजुर्वा बजारमा वुधवार १ हजार जनालाई मास्क वितरण गरिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नेपाल मास्क अभियान अन्तर्गत मास्क वितरण गरेको संस्थाकी राष्ट्रिय स्रोत व्यक्ति पार्वती विश्वकर्माले जानकारी दिईन् ।
स्थानीयहरुलाई मास्क लगाउने तरिका, मास्क लगाउनु पर्ने कारण र यसको महत्वका विषयमा वडाध्यक्ष मन्सुर अन्सारीको रोहबरमा सचेत समेत गराएको विश्वकर्माले जानकारी दिईन् ।
संस्थाले वडा र पालिकाहरुसँग समन्वय गरी २९ गतेसम्म मास्क वितरण र सचेतना अभियान संचालन गरिने विश्वकर्माले बताईन् ।