Saturday, October 12, 2024

साउन महिना रातो मेहेन्दी र हरियो चुरीमा नारी

पछिल्लाे समाचार

शिवा स्त्री खत्री /// सायद साउन महिनाको तेस्रो सोमबार भएर होला । कोरोनाको कारण शिवालयका मन्दिरमा शिवजीको दर्शन गर्न जान नपाए पनि धेरै नारी हरियो, पहेलो र मेहेनदीमा सजियोको दिखिन्थयो । साउन महिना शिवजीको महिना पनि मानिन्छ । साउन महिना लागेपछि प्रायः हिन्दु नेपाली महिला हरियो पहेलो चुरी मेहेन्दीले सजिएको देखिन्छ । साउन महिनामा शिवजीलाई हरियो र पहेलो रगं मन पर्छ भन्ने विश्वास रहिआएको छ । हरियो चुरी मेहेन्दी लगाएर ब्रत बस्ने र शिवालयको मन्दिरमा जाने युवतीहरू बढ्दै गएको पाइन्छ । अझ पछिल्लो समयत पुरुषहरू पहेलो वस्तु पहिरिने र शिवालयका मन्दिरमा जानेको संख्या पनि बढ्दै गइरहेको पाइन्छ ।

साउन महिनामा हरियो चुरी अनि पहेलो वस्त्र लगाएर ब्रत बस्नाले आफुले भनेजस्तो पति पाइन्छ भन्ने धार्मिक विश्वास पनि रहिआएको छ । पहिले पहिले शहरमा मात्र मेहेनदी लगाउने त्यसमा पनि फुर्सदिला युवतीहरूले मेहेन्दी लगाउने गरेको पाइन्थ्यो, भने आजभोलि त शहरमा मात्र केन्द्रित नभई गाउँघर अनि दिनभर व्यस्त हुने महिलाहरूले पनि मेहेन्दी, चुरी लगाउने पहेलो वस्त्र पहिरिने गरेको पाइन्छ । हुनत सुन्दर बन्नत जोकोही लाई पनि मन पर्छ त्यसै कारण पनि दिनभर व्यस्त महिलाहरू हरियो, पहेलो बस्त्र, चुरा अनि मेहेन्दीमा सजिएर ब्रत बस्ने र पूजाआजाका लागि शिवजीको मन्दिर जाने चलन थियो भने गएको वर्ष र अहिलेको वर्षदेखि कोभिड १९ का कारण मन्दिर जान नपाए पनि घरमै शिवजीको पूजा गर्ने गरेको पाइन्छ ।

साउन महिना लागेसँगै बिहानदेखि बेलुकासम्म भ्याईनभ्याई हुने ब्युटीपार्लरहरूमा कोभिड १९का कारण काम नभएको उद्यमी ब्युटीर्पालरकी ब्युटीसियन जानु थापा बताउनु हुन्छ । पहिले पहिलेका वर्षहरूमा साउन महिना लाग्नु २–३ दिन अघि मेहेन्दी लगाउन आउने गर्थे । भने कोभिडका कारण आफूले चिनेजानेको सँग मेहेन्दी लगाएको पाइन्छ । उनी भन्छिन् मसँग १०–१२ वर्षको ब्युटिसियनको अनुभव छ । धेरै पहिलेका वर्षहरूमा एकदमै कम र विवाहितले मात्र मेहेन्दी लगाउने चलन थियो विस्तारै पछिल्लो समय विवाहितसँगै स्कुल कलेज जागिरे सबै आउने गरेका थिए त्यसैकारण चुरी मेहेन्दीका व्यापारमा पनि वृद्धि भएको थियो ।

विद्यार्थी तथा बैँकमा जागिर गर्ने दिदी आफ्ना दुवै हात मेहेन्दी र हरिया चुरी सजाएकी छिन् । सानैदेखि मेहेन्दी लगाउँदै आएकोले र आफ्नो परमपरालाई संरक्षण गर्ने दृष्टिले मेहेन्दी लगाउने गरेको उनी बताउँछिन् । रेखा भुसालले जस्तै धेरै नारीहरूले आफ्नो संस्कृतिलाई जोगाइ राख्न मेहेन्दी र चुरी लगाउने गरेको र साउन शिवजीको महिना शिवजीलाई हरियो,पहेलो रगं मनपर्छ भन्ने धार्मिक विश्वास पनि रहिआएको आम नारीको भनाइ रहेको छ ।

आम नारी साउन महिनामा शुद्ध खाने सोमबार शिवजीको ब्रत बस्ने, हरियो, पहेलो चुरी वस्त्र लगाउने अझ कोही कोही नारीलेत पानीसम्म नखाई शिवजीको पूजा आरधना गर्ने प्रचलन कायमनै छ । संस्कृति संरक्षण गर्ने दृष्टिले साउन महिनाको सोमबार ब्रत बस्नुत राम्रै हो । तर पानि पनि नखाई ब्रत बस्ने विवाहित महिलाको श्रीमानको आयु बढ्ने र अविवाहितले भनेजस्तो पति पाइन्छ भन्ने धार्मिक आस्था भने मानसिकताबाट हटाउनु पर्छ र विस्तारै हटेको पनि पाइन्छ । जब कि कुनै पुरुष महिलाका लागि भनेर व्रत बस्ने प्रचलन छैन भने नारी चाही साउन महिनाको सोमबार पानीसम्म नखाई आफ्नो स्वास्थ्यलाई जोखिममा राखेर ब्रत बस्ने संस्कारलाई हटाउनु पर्छ र विस्तारै यो सोचाइमा कमी आएको पनि पाइन्छ ।दैनिक नेपाल बाट

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु