Wednesday, May 22, 2024

सिरहाबाट भ्रष्टाचारमा दोषी ठहर यादव पक्राउ

पछिल्लाे समाचार


सिराहा,२९ साउन //

भ्रष्टाचार मुद्दामा दोषी ठहर भई फरार रहेका सिराहाका एक जनालाइ प्रहरीले नियन्त्रणमा लिएको छ । नबराजपुर गाउँपालिका १ का ४६ वर्षीय नागेन्द्रप्रसाद यादवलाई बुधबार सिरहा प्रहरीले पक्राउ गरेको हो।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पूर्व वन राज्यमन्त्री लक्ष्मण मेहताका स्वकीय यादवलाई ५० हजार घुस लिँदालिँदै २०६८ फागुन १७ मा काठमाडौंमा रंगेहात पक्राउ गरेको थियो ।त्यतिबेला यादव ५० हजार रुपैयाँ धरौटीमा छुटेका थिए । त्यसपछि विशेष अदालतले २०७० असार ३१ मा भ्रष्टाचार गरेको प्रमाणित गरेपछि यादव फरार भएका थिए ।अदालतले यादवलाई १ महिना २० दिन कैद र ५० हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो । अदालतको निर्देशनअनुसार फैसला कार्यान्वयन गर्न खोजबिन गर्ने क्रममा झण्डै ८ वर्षपछि यादवलाई पक्राउ गरिएको सिरहाका प्रहरी प्रवक्ता सुवास बुढाथोकीले जानकारी दिएका छन्।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु