Thursday, June 13, 2024

सिराहामा स्कुलको शुल्क समयमा तिर्न नसक्दा कुटपिट

पछिल्लाे समाचार

सिराहा,२६ // सिरहामा एक निजी स्कुलको शुल्क समयमा तिर्न नसक्दा परिवारमाथि नै कुटपिट गरिएको छ । स्थानीय रादजेवी इङ्गलिस बोर्डिङ स्कुलका प्रिन्सिपल रामकुमार साहले मिर्चैया नगरपालिका १० बस्ने अशोक साहको परिवारमाथि कुटपिट गरेको बताइएको छ । कुटपिटबाट अशोककी पत्नी सुनितादेवि साह, जेठी छोरी सरिता साह, माइँली छोरी अञ्जली साह घाइते भएका छन् । अशोकको टाउकोमा चोट लागेको छ भने छोरी सरिताको हात भाँचिएको र टाउको फुटेको छ । उनीहरू दुवैलाई मिर्चैयामा प्राथमिक उपचारपछि विराटनगर रिफर गरिएको छ । अन्यको मिर्चैयामा उपचार भइरहेको बताइएको छ ।उनको तीन छोरी र एक छोरा छन्। कान्छो छोरा नवीन सोही विद्यालयमा युकेजीमा पढ्दैछन् । विद्यालयको ५–६ हजार जति शुल्क तिर्न बाँकी रहेको बताइएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु