Friday, June 21, 2024

सिराहाबाट १० किलो गाँजासहित एकजना पक्राउ

पछिल्लाे समाचार

सिराहा ,१ भदौ //
लागुऔषध गाँजासहित सिरहाबाट एकजनालाई प्रहरीले पक्राउ गरेको छ।

सोमबार लहान नगरपालिका-१७ गोबिन्दपुर बस्ने ४० वर्षीय बागेश्वर चौधरीलाइ १० किलो अवैध लागुऔषध गाँजा सहित पक्राउ गरेको हो।

इलाका प्रहरी कार्यालय लहान र प्रहरी चौकी लहान सिरहाबाट खटिएको प्रहरी टोलीले चौधरीको घरभित्रबाट लुकाई छिपाई राखेको अवस्थामा १० किलो गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

बरामद गाँजा सहित चौधरीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु