रौतहट,७ भदौ //
पत्रकारको मोटरसाइकलमा लागूऔषध राखेर निर्दोषलाई फसाएको आरोप लागेको घटनामा प्रहरीले सीसी टीभी फुटेज मेटाउने प्रयास गरेको पाइएको छ।
गत साउन ३२ गते आफ्नै प्रत्यक्ष उपस्थीतीमा संचारकर्मी मोजुबुल्लाहको बिआर ३० एस १८८५ नम्बरको भारतीय मोटरसाइकलमा लागुऔषध नाइट्राभेट राख्न लगाएका असइ यादले आफु एक जना अन्य असइलाई लिएर सिसिटिभीको फुटेज हटाउन आएको भन्ने अडियो रेकर्ड सार्वजनिक भएको छ।
उनले सो अडियोमा सेतो हेलमेट लगाएका व्यक्तीको बारेमा समेत बोलेका छन् । “सिसिटिभीको भिडियो रहेछ । एउटा असइलाई ल्याएको छु डिलेट गराउन ।” असइ यादव अगाडि भन्छन “सेतो हेलमेट देखिएको छ । त्यो धिरजलाई सेतो हेलमेट हटाएर अर्को हेलमेट प्रयोग गरेर मोटरसाइकल चलाउन भन्नु ।”
यसले घटनामा प्रहरीको बद्नियतलाई उजागर गरेको पत्रकारहरुको भनाई छ ।घुमुवा टोलीका असई यादव र प्रहरी जवान मनोज शाहले भाई नाता पर्ने धिरज यादवलाई प्रयोग गरेर लागूऔषध राखिदिएको नेपाल पत्रकार महासंघ, रौतहट शाखाले जानकारी दिएको छ ।
सीसी टीभी फुटेजअनुसार पत्रकार मोजिबुल्लाह निर्दोष देखिएको भन्दै तत्काल रिहाइ गर्न पत्रकार महासंघले माग गरेको छ ।