रौतहट १९ साउन/// चन्द्रपुर नगर क्षेत्रका घरका सेफ्टी ट्याङकी सफा गरेको फोहोर राजमार्ग मा नै फ्याक्ने गर्नाले दुर्गन्ध हुन थालेको छ ।
सेफ्टी ट्याङकीको फोहोर ट्याक्टरवावालले राजमार्ग छेउछाउमा फ्याक्ने गरेका छन ।
घरघर बाट निकालेको फोहोर चन्द्रनिगाहपुर निजगढ सडक खण्ड र चन्द्रनिगाहपुर बागमती सडक खण्डको राजमार्गको छेउमै फाल्ने गरेको पाइएको छ ।
फोहोर उठाउनेले जहां मन लाग्यो त्यही फ्याक्ने गरेको पाइएको छ ।
राजमार्ग छेउमा जथाभावी फोहोर फाल्ने ट्याकी संचालक त्यस्तो कार्य रोक लगाउनुपर्ने स्थानिय बताउछन ।
एक ट्याङकी फोहर निकाले बापत करीव ३ हजार रुपैया सम्म लिने व्यवसायीले निस्चित स्थानमा फोहर फ्याक्नुपर्ने स्थानियको माग छ ।