Wednesday, May 22, 2024

सेवाग्रहीको सहजताको लागि सिडियो यादवले बनाए विभिन्न संरचना

पछिल्लाे समाचार

रौतहट २८ साउन ///जिल्ला प्रशासन कार्यालय रौतहटमा सेवाग्रहीहरु लाई सहज होस भन्ने उदेश्यले विभिन्न संरचनाहरु निर्माण गरीएको छ ।
सिडिओ इन्द्रदेव यादव रौतहटमा हाजिर भएदेखि नै कार्यालय ब्यबस्थापन,शान्ति सुरक्षा, राहत र उद्धार, सरोकारवाला संगको समन्वय लाई प्राथमिकतामा राखेर कार्य सम्पादन गर्दै आएका छन ।
पछिल्लो समय सेवाग्रहीको सहजताको लागि कार्यालय परिसरमा बिभिन्न संरचनाहरु निर्माण गरीएका छन ।


सोधपुछ कक्ष, आपतकालिन कार्य संचालन केन्द्रमा रहेको सामग्री व्यवस्थापनको लागि कोठा निर्माण गरिएको छ । शुद्ध खानेपानी को लागि सबै तल्लाहरुमा फिल्टर जडान गरिएको छ , चर्को घाम तथा पानी मा पनि सेवा लिन सक्ने गरि सेवाग्राहीहरुको लागि टहरा निर्माण गरिएको छ । सेवाग्राही महिला तथा पुरुष को लागि शौचालय निर्माण गरिएको छ , खानेपानी ट्यांकी निर्माण गरिएको छ
यस्तै पछिल्लाो समय प्रदेश सरकारको सहयोगमा सवारी पार्किङ,कार्यालय सुरक्षा पोष्ट,सेवा लिन आउने स्तनपान गराइरहेका महिलाका लागि स्तनपान कक्ष समेत निर्माण गरिएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु