Thursday, June 13, 2024

सोमवार ३ हजार ६ सय भन्दा बढीमा कोरोना संक्रमण

पछिल्लाे समाचार

काठमाडौं, २५ साउन ///  पछिल्लो २४ घण्टामा थप ३ हजार ६ सय ५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

देशभर १० हजार ४ सय ४५ जनाको आरटी–पीसीआर गर्दा २ हजार ६ सय ९ जना र ६ हजार १ सय ४९ जनाको एन्टिजेन परीक्षण गर्दा १ हजार ४२ जना गरी आज ३ हजार ६ सय ५१ जनामा संक्रमण पुष्टि भएको हो ।
  नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ७ लाख १७ हजार ४८६ जना पुगेको छ ।
नेपालमा  पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण २२ जनाको मृत्यु भएको छ । कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १० हजार १ सय १५ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ७ सय ८४ जना संक्रमित निको भएका छन् । नेपालमा कोरोना भाइरसबाट संक्रमणमुक्त हुनेको संख्या ६ लाख ७१ हजार ८३ जना पुगेको छ । यो कुल संक्रमितको ९३ दशमल ५ प्रतिशत हो ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ३६ हजार २ सय ८८ जना छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु