Wednesday, May 22, 2024

हाटबजारमा भिडभाड

पछिल्लाे समाचार

रौतहट ४ भदौ / जिल्लामा हाटबजार संचालनमा रोक लगाएपिन पालना भएको पाइदैन ।
भदौ १५ गतेसम्मका लागी निषेधाज्ञा जारी नै रहिरहेको भएतापनि रौतहटको चन्द्रपुरमा साप्ताहिकरुपमा लाग्ने हाट बजारमा भिडभाड छ ।
चन्द्रनिगाहपुर बजारमा हप्ताको २ पटक सोमवार र शुक्रवार हाट बजार लाग्दै आएको छ ।
जिल्ला प्रशासन कार्यालय रौतहटले भिडभाड हुने कुनै किसिमका भेला सम्मेलन तथा हाट बजार लगायतका क्षेत्रहरु सञ्चालनमा रोक लगाएको छ ।
शुक्रबार चन्द्रनिगाहपुर बजारमा स्वास्थ्य मापदण्डको बेवास्ता गरि बजारमा भिडभाड देखिएको छ ।
व्यापारी तथा बजार मा समान किन्न जानेहरु समेत सचेत रहेको देखिएको छैन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु