काठमाडौ १ भदौ //दल विभाजनसम्बन्धी अध्यादेश सरकारले जारी गरेको छ ।
मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले यस्तो अध्यादेश ल्याएको हो । अध्यादेशले केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्या पुर्याएर दल विभाजन गर्न सकिने भएको छ ।
यसअघि केन्द्रीय समिति र संसदीय दलमा अनिवार्य ४० प्रतिशत संख्या हुनुपर्ने उल्लेख थियो ।