काठमाडौं, १९ साउन । निर्वाचन आयोगले विभिन्न ४१ वटा राजनीतिक दलको दर्ता खारेज गरेको छ ।
आयोगको मंगलबार बसेको बैठकले साउन २० गतेदेखि लागू हुने गरी ४१ वटा दलको दर्ता खारेज गर्ने निर्णय गरेको हो । त्यसबाहेक पनि अझै ९५ वटा दलको दर्ता कायम रहेको आयोगले जनाएको छ ।
खारेज भएका प्रत्येक दललाई आयोगले ५० हजार रुपैयाँ जरीवाना समेत तोकेको छ ।