Wednesday, May 22, 2024

५ वटा बाइक चोर्ने ४ जना पक्राउ

पछिल्लाे समाचार

सप्तरी,३२ साउन //
चोरीको ५ वटा मोटरसाईकल सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सुनसरीको ८ का २३ वर्षीय मासुम मियाँ, सोही ठाउँका २१ वर्षीय अकबर, सप्तरीको कञ्चनरुप नगरपालिका–१२ का ३५ वर्षीय पोष्टराज खत्री र उदयपुरको बेलका नगरपालिका–१० का २२ वर्षीय रामहरि श्रेष्ठ रहेका छन्।
पक्राउ परेकाहरुले शुक्रबार सप्तकोशी नगरपालिकास्थित त्रियुगा सहकारी संस्था अगाडिबाट मोटरसाइकल चोरी गरेको प्रहरीले जनाएको छ ।
उनीहरूको साथबाट प्रदेश १०५–००४ प.०४८४ नम्बरको पल्सर मोटर साइकल, प्रदेश १०२–०४१प।३४१८ नम्बरको बुलेट मोटरसाइकल, बा ९० प ३२७४ नम्बरको होण्डा एक्स आर मोटरसाइकल, प्रदेश २०३–०१३ प २०५७ नम्बरको टिभिएस अपाची मोटरसाइकल र स ७ प ९२५७ नम्बरको यामाहा मोटरसाइकल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिएका छन्।
मोटरसाइकलहरु बरामद गरी आरोपितहरुलाई पक्राउ गरिएको र उनीहरुमाथि थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु