Friday, June 21, 2024

अवैध लागुऔषधसहित धनुषाबाट एक महिला पक्राउ

पछिल्लाे समाचार


धनुषा ,१४ असोज //
अवैध लागुऔषधसहित धनुषाबाट एक महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
मिथिला नगरपालिका-४ पुष्पलपुर घर भइ मिथिला नगरपालिका-६ ढल्केवरमा डेरा गरी बस्दै आएकी ३५ वर्षीया सुरेखादेवी यादवलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।


बुधबार दिउँसो लागुऔषध विक्री वितरण गरिरहेको विशेष सूचनाको आधारमा यादवले डेरा गरी बस्दै आएको घरको खानतलासी गर्दा १६० ग्राम गाँजा ,स्पासमो १० पीस, भोमिन १२९ पीस, प्रेगआउट किट ८० पीस, कफट्याड-डी २१० पीस, स्पासपेन १८० पीस र ट्रुपेन २२ सय २० पीस औषधि बरामद भएको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक प्रदीप सुवेदीले जानकारी दिएका छन् ।
उनिको साथबाट लागुऔषध गाँजासमेत बरामद भएकोले लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिम मुद्दा चलाइने प्रहरीले जनाएको छ ।
लागुऔषधसहित पक्राउ परेका यादव यसअघि गत भदौ १९ गते चोरीको चाँदी खरिद गरेको आरोपमा पक्राउ परेका थिए । उनलाई प्रहरीले चोरी कसूरमा मुद्दा चलाएको थियो ।
केहीदिन अघि मात्रै उनी धरौटीमा छुटेको प्रहरीले जानकारी दिएको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु