बारा,९ असोज //
बाराबाट अवैध लागु औषध गाँजासहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा निजगढ नगरपालिका वडा नम्बर १२ रतनपुर बस्ने ४३ वर्षीय किसान बिक रहेका छन्।
प्रहरी चौकी जितपुरबाट खटिएको गस्ती टोलीले जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १८ स्थित पसाहा खोलाबाट कुशामाडी गाउँतर्फ आउदै गरेको प्रदेश नम्बर २–०३–००२ प २८८५ र ना.१४.प. २५१२ नम्वरको मोटरसाइकल चेकजाँच गर्दा १० केजी गाँजा बरामद भएको प्रहरीले जनाएको छ। बिकसंगै मोटरसाइकलमा आउदै गरेका अन्य तीनजना तस्कर भने फरार भएका छन् ।
चेकिङको लागि प्रहरीले दुबै मोटरसाईकल रोक्न खोज्दा मोटरसाइकल र साथमा रहेको २ वटा झोला फ्याकेर फरार भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिए ।
पक्राउ परेका बिकमाथि थप अनुसन्धान भईरहेको उनले बताएका छन्।