Sunday, May 26, 2024
No menu items!

अवैध ४ थान सालको गोलीयासहित ३ वटा साइकल बरामद

पछिल्लाे समाचार


रौतहट,५ असोज //
रौतहटबाट अवैध ४ थान सालको गोलीयासहित ३ वटा साइकल बरामद गरिएको छ।

मंगलबार इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको प्रहरी गस्ति टोलीले चन्द्रपुर नगरपालिका वडा नम्बर ५ राजपेडा टोल नजिक रहेको चादी खोलामा २५ क्यू फिटको ४ थान गोलिया र ३ वटा साईकल बरामद गरेको हो ।


७/८ जनाको समूहले राष्ट्रिय वनबाट अवैध रुपमा साल जातको काचो रुख काटी गोलीया बनाई ३ वटा साईकलमा ४ वटा गोलीया लोड गरी राजपैडा गाउ तर्फ ल्याउदै गर्दा प्रहरी टोलीलाई देख्न साथ साईकल र काठ छाडी तस्कर फरार भएको बताइएको छ।


बरामद काठ र साइकल आवश्यक कार्यवाहिको लागि डिभिजन बन कार्यालय चन्द्रनिगाहपुर रौतहटमा पठाईएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जानकारी दिएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु