Friday, June 21, 2024

आइटी आर्मीको केन्द्रिय कमिटीको बैठक सम्पन्न

पछिल्लाे समाचार

काठमाण्डौ १६ भदौ । समाजमा फैलिरहेको भ्रम, द्वन्द्व र विभाजनको स्थितिलाइ सुचनाप्रबिधीको माध्यमबाट नागरीकलाइ सुसुचीत पार्दै देशलाइ समृद्धीतर्फ अगाडी बढाउने उदेश्यले गठीत आइटी आर्मीको केन्द्रिय कमिटीको बैठक बुधवार सम्पन्न भएको छ ।


भक्तपुरमा आयोजित आईटी आर्मीको केन्द्रीय कमिटीको बैठकमा बोल्दै पुर्वमन्त्री प्रभु साहले सम्मानित ओहोदामा बसेका सभामुखले तटस्थ भूमिका निर्वाह नगरेको बताएका छन ।
कुनै बैठकको निर्णय बिनै प्रचण्डको एउटापत्रको आधारमा कयौं सांसदलाइ पदमुक्त गरेको सूचना टाँस्न ढिला नगर्ने सभामुखले विधि पूर्वक दर्जनौं सांसदलाइ पदमुक्त गर्ने निर्णय पठाउँदा पनि हप्ता दिनसम्म अल्झाएर पत्र फर्काएको भन्दै पुर्वमन्त्री साहले आक्रोस व्यक्त गरेका छन ।
यस्तै सुचना प्रबिधीको प्रयोग , जानकारी र उपभोगबाट राज्यको शासनसत्तामा आमजनताको सहभागिता र उत्पादनमा श्रमिक र सर्वहारावर्गको स्वामित्व स्थापितगर्दै देशमा सामाजिक न्याय, सुशासन, सदाचार, स्थायित्व, समृद्धि एवं सफलमुलुक स्थापितगर्नका लागी आइटी आर्मी कृयाशिल रहेको समेत कार्यक्रममा पुर्वमन्त्री साहले धारणा राखेका छन ।
मुलुकलाइ अग्रगमनको दिशामा अगाडि बढाउदै समाजवादको मजबूत आधार बनाउनुपर्ने आवश्यक्तालाइ जिम्मेवारीबोध गर्दै एकमहिना ११ दिनको कार्य प्रगतीको समिक्षा गर्दै बैठक सम्पन्न भएको आइटी आर्मीका केन्द्रिय संयोजक चन्द्र ुषण साहले जानकारी दिएका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु