Tuesday, April 22, 2025

आजदेखि दशैंको लागि नंया नोट साट्ने

पछिल्लाे समाचार


रौतहट ,४ असोज //
नेपाल राष्ट्र बैंकले आजदेखि दशैंको लागि नंया नोट साट्ने व्यवस्था मिलाएको छ।
कोरोना भाइरसबाट बच्न जनस्वास्थ्यका मापदण्ड अपनाउदै सर्वसाधरणका लागि नंया नोट साट्ने व्यवस्था मिलाएको हो।
राष्ट्र बैंकबाट मात्रै नभएर बैंकहरुले आफैले पनि आफ्ना ग्राहकहरुलाई नया नोट सटहीको व्यवस्था गर्ने भएका छन् ।
वाणिज्य बैंकहरुले वितरणका लागि ४ अर्ब रुपैयाका नया नोट लगिसेकेको राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवती नेपालले जानकारी दिए ।
राष्ट्र बैंकले भने आजदेखि बालुवाटार कार्यालय र प्रदेशस्थित ७ वटै प्रदेशका प्रादेशिक कार्यालयहरुबाट नया नोट वितरण हुने कार्यकारी निर्देशक नेपालले जानकारी दिए ।
राष्ट्र बैंकले सर्वसाधरणका लागि ३० देखि ३५ अर्ब रुपैया बराबरको नया नोट सटही गर्ने तयारी गरेको छ ।

जसमध्ये १२ देखि १५ अर्ब रुपैयासम्म ५, १०, २०, ५० र १ सय रुपैयाको नोटहरु वितरण गर्ने तयारी राष्ट्र बैंकको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु