Friday, May 24, 2024

आफ्नै श्रीमानको हत्या गरेको अभियोगमा श्रीमती पक्राउ

पछिल्लाे समाचार


सिरहा ,५ असोज //
भारतीय नागरिकसंग मिलेर आफ्नै श्रीमानको हत्या गरेको अभियोगमा श्रीमतीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा गोलबजार नगरपालिका ४ निपनिया कुटीबस्ने ३९ बर्षीय दुखहरण महराकि ३८ वर्षीया श्रीमती हरिहरदेवी रहेको प्रहरीले जनाएको छ।
हरिहरदेवीले भारतीय नागरिक मुकेश यादवसंग मिलेर श्रीमानको हत्या गरेको सिरहाका प्रहरी प्रवक्ता डीएसपी सुवास बुढाथोकीले जानकारी दिएका छन्।
उनका अनुसार गत भदौँ १७ गते आफू बिरामी भएको भन्दैँ श्रीमानसंगै हरिहरदेवी भारत विहारको जयनगर गएका थिए ।
जयनगर रेल्वे स्टेशनमा करिब ६ बजेतिर चिया खान बसेको बेला मुकेश पनि त्यहाँ आएको र चिया खाएपछि मुकेशले दुखहरणलाई आफ्नो मोटरसाइकलमा लिएर गएका थिए ।
त्यसको भोलिपल्ट नै भदौँ १८ गते दुखहरण महराको शव जयनगरस्थित बरही गाउँमा फेला परेको बुढाथोकीले बताए । पक्राउ परेकी हरिहरदेवीमाथि यसबारे अनुसनधान भइरहेको प्रहरीले जनाएको छ ।
यस्तै, आरोपी मुकेशलाई पक्राउ गरेर जयनगर ठानामा राखी भारतीय प्रहरीले अनुसन्धान गरिरहेको बताइएको छ। विदेशमा कमाएको रकम वचत नभएको भन्दै दम्पतीबीच बेलाबेलामा झगडा परिरहने प्रहरीले जनाएको छ ।

हरिहरदेवीले दुखहरणको हत्या गराउनको लागि गाउँकै एक लघुवित्तबाट ६० हजार रुपैयाँ ऋण लिई मुकेशलाई दिएको बुढाथोकीले बताएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु