Sunday, May 26, 2024
No menu items!

इलाका प्रहरी कार्यालय भेडिया, सप्तरीको भवन उद्घाटन

पछिल्लाे समाचार


सप्तरी ,६ असोज //
इलाका प्रहरी कार्यालय भेडिया, सप्तरीको भवन उद्घाटन गरिएको छ।
प्रदेश नं‍. २ का आन्तरिक मामिला तथा संचार मन्त्री भरत प्रसाद साहले सो कार्यालय भवनको उद्घाटन गरेका हुन्।
नवनिर्मित भवनकाे उद्घाटन गर्दै मन्त्री साहले प्रहरीकाे सुरक्षित आवासकाे जिम्मेवारी प्रदेश सरकारकाे भएकाे बताए ।
५ कराेड १३ लाखको लागतमा इलाका प्रहरी कार्यालयकाे साढे ३ तल्ले भवन निर्माण भएकाे मन्त्री साहका सवकिय सचिव विजय यादवले जानकारी दिएका छन्।
प्रहरी प्रशासनको व्यवस्थित कार्यलाय एवम् आवास हाम्रो प्रमुख जिम्मेवारीहरु मध्यको एक रहेको मन्त्रि साहले बताए।
भवन उद्घाटन कार्यक्रममा प्रदेश नं. २ का आन्तरिक मामिला तथा संचार राज्य मन्त्री रुबी कर्ण, प्रदेश सांसद पसमिना कादरी, दिलिप साह, फुलिया देबी सादा, जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक राजेन्द्र प्रसाद धमला, २ नम्बर प्रदेश कार्यालय टिएसटी प्रमुख प्रहरी निरिक्षक चिरन्जिवी प्रसाद महताे लगायतको उपस्थिति रहेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु