Wednesday, May 22, 2024

एम.आई.एस. अपरेटर र फिल्ड सहायकहरुको जिल्ला स्तरीय समिति गठन सम्पन्न

पछिल्लाे समाचार


सर्लाही,३ असोज //
सर्लाहीमा एम.आई.एस. अपरेटर र फिल्ड सहायकहरुको जिल्ला स्तरीय समिति गठन सम्पन्न गरिएको छ ।

सर्लाही र रौतहटको संगम स्थलमा पर्ने नुनथरमा आइतबार पहिलो पटक जिल्लाभरका स्थानीय तहहरुमा कार्यरत एम.आई.एस. अपरेटर र फिल्ड सहायकहरुको भेलाले समिति गठन गरेको हो ।
समितिमा सरोज चौलागाईं अध्यक्ष, सुस्मिता गौतम, पवन कुशवाहा र रामविश्वास बैठा उपाध्यक्ष, राजनारायण राय यादव कोषाध्यक्ष, प्रितिन्जला थापा सचिव, किशोरी राय सहसचिवसहित हिरा अधिकारी, बिजय कुमार बोम्जन लगायत सदस्य रहेका छन् ।
समितिको सल्लाहकारमा हरिकिशोर महतो, रितेश साह र रितुराज शर्मालाई चयन गरिएको छ ।
समिति गठनपश्चात अब उनीहरुको हकहितका लागि पहल गर्ने जनाएको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु