Friday, June 21, 2024

एसिड प्रहार मुद्दाका फरार प्रतिवादी पक्राउ

पछिल्लाे समाचार


पर्सा ,१४ असोज //
एसिड प्रहार मुद्दाका फरार प्रतिवादीलाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा वीरगंज महानगरपालिका–२ छप्कैया बस्ने रौतहट परोहा गाउँपालिका–७ घर भएका १९ वर्षीय सम्साद मियाँ रहेका छन्।
उनलाई बुधबार वीरगञ्ज महानगरपालिका वडा नम्बर २ ईदगाह चोकबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता ओमप्रकाश खनालले जानकारी दिएका छन्।
मियाँले २०७६ भदौ २० गते वीरगञ्ज महानगरपालिका वडा नम्बर ४ गणेशमान चोकस्थित सार्वजनिक सडकमा १५ वर्षीया मुस्कान खातुनलाई एसिड प्रहार गरेका थिए ।
घटना लगतै पक्राउ परेका मियाँ विरूद्ध ज्यान मार्ने उद्योग तथा तेजाब प्रहार गरी अनुहार कुरुप पार्ने सम्बन्धी कसूरमा अनुसन्धान तथा अभियोजन भई सम्मानित पर्सा जिल्ला अदालतको आदेशले तत्काल पूर्पक्षको लागि बालसुधार गृह पठाइएको थियो ।
कोरोना माहामारिका कारण २०७६ चैत ११ गते अदालतकै आदेशानुसार चैत १२ गते निजको संरक्षकको जिम्मा लगाइएको थियो ।
चैत २६ गते अदालतले बाँकी कैद ५ महिना १६ दिन पूनः बालसुधार गृहमा राखी भुक्तान गर्ने गरी १ वर्ष कैद सजाय तोकेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु