Friday, January 16, 2026

कटुवा पेस्तोल र २ थान गोलीसहित एकजना पक्राउ

पछिल्लाे समाचार


रौतहट ,७ असोज //
रौतहटबाट कटुवा पेस्तोल र २ थान गोलीसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा जिल्लाको दुर्गाभगवती गाउँपालिका वडा नम्बर २ भलोहिया निवासी २४ वर्षीय संजय साह (सोनार) रहेका छन्।


विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको टोलीले साहलाई बुधबार नै हिरासतमा लिएको रौतहट प्रहरीले जानकारी दिएको छ।


हतियारसहित पक्राउ परेका साहमाथि यसबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रमुख बिनोद घिमिरेले बताएका छन्।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु