Sunday, April 14, 2024

कार बगाउदा चार जनाको मृत्यू

[sharethis-inline-buttons]

पछिल्लाे समाचार

नेपालगज १७ भदौ ।
खोलाले कार बगाउँदा दाङमा चार जनाको गएराति मृत्यु भएको छ । बजारबाट किनमेल सकेर फर्कदै गर्दा घोराहीलमही सडक खण्ड अन्तर्गत सिस्ने खोलाले राति  कार  बगाउँदा घोराही-१३  कि ४० वर्षिया रितामाया पुन, सोही ठाउँकी शुसीला  श्रेष्ठ, घोराही-१४ निवासी ३१ वर्षकी राधा श्रेष्ठ कुवँर, सोही ठाउँकै ४२ वर्षिय यमुना केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका  डिएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिए ।
गएराती १० बजेतिर प्रदेशप्र.३-०१-०२४ च ४४४०को  कार  बगाएको हो । कारमा पाँच जना मध्ये चालक घोराही-१५ निवासी नरबहादुर पुनको खुट्टा भाचिएको अवस्थामा उद्धार गरिएको प्रहरीले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु