Monday, June 24, 2024

किशोरी हत्यामा संलग्न थप एक युवक पुर्पक्षका कारागार चलान

पछिल्लाे समाचार


सर्लाही ,२८ भदौ //
सर्लाहीकी १४ वर्षीया किशोरी प्रियंका भुजेलको हत्यामा संलग्न थप एक युवक पुर्पक्षका कारागार चलान भएका छन् ।
सर्लाही जिल्ला अदालतको आदेशमा लालबान्दी नगरपालिका १७ का १९ वर्षीय अनिष दाहाल कारागार चलान भएका हुन्।
जिल्ला अदालतका मुख्य न्यायाधीश ध्रुव कुमार पियाले थुनछेक बहसपछि दाहाललाई अन्तिम फैसला नहुन्जेल पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसारउनलाई हिजै सिन्धुली कारागार चलान गरिएको हो ।
उनीहरुविरुद्ध प्रहरीले जर्बजस्ती करणी र कर्तव्य ज्यान मुद्दा दायर गरेको छ।

लालबन्दी नगरपालिका १७ रानीगञ्जकी १४ वर्षीया किशोरी प्रियंकाको बलात्कार तथा हत्यामा संलग्न १७ वर्षीय कृष्ण साहलाई यसअघि नै अदालतले बाल सुधारगृहमा राख्न आदेश दिएको थियो ।
गत भदौ १ गते राति प्रिंयकाको शव बलात्कार पश्चात हत्या गरेर गाडेको अवस्थामा लालबन्दी नगरपालिका–६ स्थित कालिन्जोर खोलामा फेला परेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु