Wednesday, October 9, 2024

कोभिड-१९ ले पार्ने प्रभाव समाधानका लागि कार्यक्रम संचालन

पछिल्लाे समाचार

काठमाण्डौ १६ भदौ ।
शक्ति समुह नेपालले कोभिड -१९ ले पार्न सक्ने प्रभाव र समाधान परियोजना संचालनमा ल्याएको छ ।
शक्ति समुहको आयोजना तथा टिडिएच नेपालको सहयोगमा ईलाम र झापा जिल्लामा संचालित अन्तरदेशीय मानव बेचबिखन र कोभिड -१९  ले पार्न सक्ने प्रभाव र त्यसको समाधान नामक परियोजनाको सुरुवात गरिएको हो।
राष्ट्रिय मानब अधिकार आयोगकी सदस्य लिली थापाले सो परियोजनाको उद्घाटन गरेकि छिन ।।
सो कार्यक्रमको अध्यक्षता  शक्ति  समुह नेपालकी अध्यक्ष चरीमाया तामाङ्गले गरेकी थिइन्।

शक्ति समुह नेपालकी कार्यकारी निर्देशक बालकुमारी दर्लामीले परियोजना र संस्थाको बारेमा जानकारी दिएकी छिन ।

टिडिएच  नेपालका राष्ट्रिय निर्देशक गोविन्द न्यौपानेले डिडिएचको उदेश्य र सस्थाले गर्दै आएको कामको चर्चा गरेका छन ।

टिडिएचका नर्बदा सोराली र शक्ति समुह की जानुका खतिवडाले परियोजनाको बारेमा जानकारी दिएका छन । उक्त उद्घाटन कार्यक्रममा राष्ट्रिय  बालअधिकार परिषदका कार्यकारी निर्देशक मिलन धरेल,मानब बेचबिखन अनुसन्धान ब्युरो का प्रमुख दुर्गा थापा  , टिडिएच अन्तर्देशिय प्रमुख कीरा मर्हावा , क्रिष्टफ़ेर होफ्मन साथै अमेरिकी दुताबासका प्रतिनिधिले परियोजनाको सफलताको शुभकामना मन्तव्य राखेका छन ।
इलामको पशुपतिनगर र झापाको काकडभिट्टा मा पाइलट प्रोजेक्ट को रुपमा यो कार्यक्रम एक बर्ष सम्म संचालन हुने छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु